Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यसै बर्ष रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

tribeni2

रुकुम पश्चिम / चालु आर्थिक बर्षमा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । बिहिबार मुसिकोटमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले यसै बर्षको असार भित्रमा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गर्ने गरी निर्णय गरेको छ ।

पूर्ण खोप घोषणाको लागि सबै मापदण्ड पुग्नेगरी अन्तिम तयारी गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा स्वास्थ्यकर्मीको संलग्नतामा तेस्रो पक्षबाट सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको विश्लेषण, सुक्ष्म योजना तयारी र छुट खोप प्रदान र प्रतिबेदन तथा दिगोपनाको लागि प्रतिबद्धता बाँकि रहेकोले २४ गते भित्र पुरा गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिकको अध्यक्षतामा बसेको खोप समन्वय समितिको बैठकले पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ र उद्योग वाणिज्य संघको अगुवाईमा पालिका अनुसार अन्तिम सर्वेक्षण गर्ने र २६ गते प्रतिवेदन पेश गरेर पूर्ण खोप सुनिश्चितताको तय गर्ने निर्णय गरेको जनस्वास्थ्य अधिकृत ओलीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप निरीक्षक कृष्णा खड्काले खोप कार्यक्रमको मुख्य उद्धेश्य र खोपको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्य अवस्थामा कायम गर्न पूर्ण खोप जरुरी रहेको बताउनुभयो । उहाँले यसको लागि नियन्त्रण, निवारण र उल्मुलनको काम खोपले गर्ने स्पष्ट पार्नुभयो ।

पूर्णखोप सुनिश्चितताको लागि १६ महिनादेखि २३ महिनासम्म उमेरको बालबालिकाहरुमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिएको हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थाले पूर्ण खोपको अवस्थालाई बुझाउँदछ ।

रुकुम पश्चिमलाई खोप सुनिश्चितताको लागि वडा खोप समन्वय समितिको अभिमुखीकरण, चैत्र र बैशाख महिनामा स्वास्थयकर्मीको संग्लनतामा घरधुरी सर्भेक्षण, ‘खोज र खोप’ अनुसार छुट भएका बालबालिकाहरुलाई खोपमा समावेश गरिएको खोप निरीक्षक खड्काले बताउनुभयो । उहाँले जिल्लाका आठविसकोट र मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले पालिका घोषणाका लागि सिफारिस गरिसकेको र बाँकि चौरजहारी नगरपालिका, त्रिवेणी र सानीभेरी गाउँपालिकाले सिफारिसको अन्तिम तयारी गरिरहेको समेत जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्