Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बृहत्तर यौनिकता शिक्षाका बारेमा रुकुम पूर्वमा छलफल

२०७९ असार १६
tribeni2

रुकुम पूर्व / रुकुम पुर्वमा बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राबिधिक कार्य समितिको बैठक सम्पन्न भएको छ । बिहिबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको चाइनिज होटेलको हलमा बैठक सम्पन्न गरिएको हो ।

बैठकमा विभिन्न एजेन्डा हरुमा छलफल गर्नुका साथै समितिको अघिल्लो बैठकको समिक्षा गरिएको छ । जिल्लामा बृहत्तर यौनिकता शिक्षा लागू भएका बिद्यालयका फोकल पर्सन शिक्षकहरुले बिद्यालयमा भएका कार्यक्रम तथा गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरुले स्थानीय सरकारले गरेका कार्यक्रम का बारेमा जानकारी गराएका थिए ।

समितिका सदस्य सचिब तथा युएनएफपिएका जिल्ला संयोजक भुवन सेजुवालले बृहत्तर यौनिकता शिक्षा सम्बन्धी जिल्लामा सन्चालन गरिएका विभिन्न कार्यक्रम र आगामी त्रैमासिकमा सन्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो भने युएनएफपिएका लुम्बिनी प्रदेश प्रमुख राम बहादुर थापाले प्रदेशमा हालसम्म भएका कार्यक्रम तथा उपलब्धिका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

जानकारीका क्रममा फोकल पर्सन शिक्षकहरुले बिद्यालयमा सिएसि सम्बन्धि कार्यक्रम सन्चालन गर्दै गर्दा पनि किशोर किशोरी मैत्री बिद्यालयमा निर्माण गर्न नसकिएको बताएका छन । किशोरीहरुका लागि आवस्यक पर्ने स्यानिटरी प्याड स्थानीय सरकारले उपलब्ध गराएता पनि डिस्पोजलका लागि समस्या भएको बताएका थिए । शिक्षकहरुको गुनासोलाई सम्बोधन गर्दै शिक्षा युवा तथा खेलकुद शाखाका भुमे तथा सिस्ने गाउपालिकाका प्रमुखहरुले स्थानीय सरकारले सकेसम्म सहयोग गर्ने बताउनु भयो ।

सिस्ने गाउपालिका प्रमुख मङ्गलसिङ्ग बुढाले स्यानिटरी प्याड डिस्पोजल मेसिन तत्काल माध्यमिक बिद्यालयमा वितरण गरिने बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पुर्वका प्रमुख तथा बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राबिधिक कार्य समितिका संयोजक तिलक गौतमको अध्यक्षतामा बसेको बैठकमा एनएफपिएका लुम्बिनी प्रदेश प्रमुख राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै एसएसडिसिका पोम नारायण पौडेल भुमे र सिस्ने गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुखहरु बिद्यालयका फोकल पर्सन शिक्षकहरु लगाएत समितिका सदस्य हरुको उपस्तिथि रहेको थियो । कार्यक्रम को सहजीकरण समितिका सदस्य सचीव भुवन सेजुवालले गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्