Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा रास्ट्रपति कप रनिङ शिल्ड सुरु

२०७९ असार १६
tribeni2

रुकुम पुर्व / रुकुमकोटमा जिल्ला स्तरीय १३ औ रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । बिहिबार सिस्ने गाउँपालिकाको वडा नम्बर ५ स्थित रुक्मिणी माध्यमिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता उद्घाटन गरिएको हो । कार्यक्रमको उद्द्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले ब्यानर पढेर गर्नु भएको थियो ।

जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित रनिङ शिल्ड प्रतियोगिता आजदेखी आगामी १८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। विभिन्न बिधामा सन्चालन हुने प्रतियोगिताहरु आज देखि नै सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो ।

शिल्डमा छात्र, छात्रा भलिबल, कपड्डि, एथलेटिक्स, दौड, ज्याबलिङ थ्रो, लङ्ग्जम्प, टृपलजम्प, हाइजम्प र सट्फुट प्रतियोगिता सन्चालन गरिने थापाले बताउनुभयो । साथै उक्त खेलबाट छनोट भएका खेलाडीहरुलाई यहि असार २४, २५ र २६ गते हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक गाउँपालिकाबाट हरेक बिधामा २,२ वटा समूह सहभागी गराएको छ । सिस्ने गाउँपालिकाबाट १०८, भुमे गाउपालिकाबाट ५४ र पुथा उत्तरगङ्गा गाउपालिकाबाट ७५ जना खेलाडीहरु सहभागी भएका छन ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा रहेको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने भुमे गाउपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउपालिकाका अध्यक्ष पुणिराज घर्ती को विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा भुमे गाउपालिका उपाध्यक्ष सबिना बुढा मगर, पुथा उत्तरगङ्गा गाउपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सिस्ने गाउपालिकाका कार्यबहाक अध्यक्ष सुर्य बहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्