Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विष्णु अथकमनुका तीन लघु कविता

२०७९ असार १७
tribeni2

लघु कविता १ - सान्त्वना गोल

हाइसन्चो
न तिमीलाई छ
न त मलाई छ
दुखका बचेखुचेका बुँदहरु
ननिथ्रउन्जेल
धुकधुकी रहुन्जेलको जिन्दगानी
अनवरत दौडाउनुछ
मध्य भागबाट हामीले देखेको
सपनाको गोलपोस्टसम्म
कम्तीमा पनि
सुखानुभूतिको एक गोल गर्नुछ
सान्त्वना गोल ।

लघु कविता २ - भिन्नता

मङ्गलगढीचोक
चोकनेरको प्रतिक्षालय
प्रतिक्षालय भित्रको
एक अपरिचित चेहरा
दुरुस्तै तिमी झैं
चेहरा पढ्दै जाँदा
कथा तिम्रो जस्तै
तर अन्तिम अन्तिमतिर
धेरैबेर कसैको
प्रतीक्षा गरिरहेझैं
अनुच्छेदहरु देखिन थाले
र , तमी हैनौ भन्ने
निश्चित भयो ।

लघु कविता ३ - सपनाहरू

निको हुँदै गरेको
टाँका कोट्याएर
फेरी विगत
चिरफार गर्नुछैन
वर्तमानमा
जति जलन भएपनि
कहिल्यै नओभाउने
यी आँखाहरु भएपनि
आँखाभित्र कैद गरिएका
सपनाहरू छन्
सुन्दर भविष्यका सपनाहरू ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्