Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका कृषि शाखा प्रमुख मदिराले कार्यकक्षमै 'लम्पसार'

tribeni2

रुकुम पश्चिममा एक सरकारी कर्मचारीले कार्यालय समयमा मदिरा सेवन गरेर कार्यकक्षमा लम्पसार परेर सुतेपछि दिनभर सेवा प्रभावित भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमुख प्रेमबहादुर खत्रीले मदिरा सेवन गरेर कार्यकक्षमै लम्पसार बनेपछि शाखाबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।

कृषि विकास अधिकृत खत्री अत्याधिक मदिरा सेवनका कारण कार्यकक्षमा रहेको सोफामै पल्टिएको देखेपछि दिनभर गाउँबाट सेवा लिन आएका सेवाग्राहिहरु मर्कामा परेका छन् । कृषि शाखा प्रमुख खत्रीले कानून र स्थानीय सरकारका प्रतिनिधिको वेवास्ता गर्दै कार्यालय समयको दुरुपयोग गरेको बताईएको छ ।

नगरपालिकाको कृषि शाखामा आएका किसानहरुले कृषि शाखामा सधैजसो अनियमितता हुने गरेको गुनासो गरेका छन् । कृषि शाखाले किसानको मागको आधारमा थोपा सिंचाईका लागि २०० लिटर ट्याङकी, त्रिपाल र स्प्रे ट्याङकी वितरण गर्ने सूचना आह्वा गरेतापनि वितरणको बेला किसानहरुलाई जानकारी नै नगराएको बताईएको छ ।

कार्यालयबाट अनुदानका सामाग्री मनपरी ढंगले वितरण भैरहेको किसानहरुको गुनासो रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्