Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

समुदाय प्रहरी साझेदारी कार्यक्रम र स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई अभियान

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको संयुक्त आयोजनामा आज रुकुमको मुसिकोटमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रम र ट्राफिक प्रहरी कार्यालयको स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई कार्यक्रम संचालन गरिएको हो ।

मुसिकोट नगरपालिका ५ सेरीगाँउबाट सुरु गरिएको सरसफाई अभियानमा बाघबजार हुदै नगरपलिकाको १ घ्यूखोला सम्मको बजार एरिया तथा सडकखण्ड सरसफाई गरिएको जिल्ला ट्राफिक प्रमुख, प्रहरी सहायक निरिक्षक मिनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सरसफाई अभियानमा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख बिष्णु प्रसाद सोती, उद्योग वाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का लगायत जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्