Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्तरगंगा बढेपछि यातायात बन्द, पुल नहुँदा सर्वसाधारणलाई सधै सास्ती

ग्रामिण सडक बर्षा लागेसँगै अवरुद्ध
२०७९ असार १८
tribeni2

रुकुम पूर्व / बर्षायाम सुरु भएसँगै रुकुम पूर्वका ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । ट्रयाक खोलिएका कच्चि सडकहरुमा आएको पहिरो र बढेको नदि तथा खोलाको कारण सडक यातायात अवरुद्ध भएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १० र ११ मा पर्ने उत्तरगंगा नदिमा पानीको बहाव बढेर जिल्ला सदरमुकाम रुकुमकोट र पालिकाको केन्द्र तकमा आउने यातायातका साधनहरु ठप्प भएका छन् । नदिमा पुल नहुँदा ११ नम्वर सेरामा रहेका गाडिहरु सेरामै रहेको गाउँपालिकाका सब इन्जिनियर नबिन दाहालले जानकारी दिनुभयो । नदिकै बहावको कारण वडा नम्वर १, २, ३, ४, ५, ६ र ९ का सर्वसाधरणहरु गाउँपालिकाको केन्द्रसम्म जानबाट बञ्चित भएका छन् ।

बर्षाको कारण निर्माणाधिन अवस्थामा रहेको सहिद मार्गको रुकुम पूर्व खण्ड नियमित सञ्चालन हुन सकिरहेको छैन । भुमे गाउँपालिका र पूथा उत्तरगंगा गाउपालिकाको सिमानामा पर्ने रिका लेकमा नियमितजसो पहिरो झरिरहेकोले यातायातका साधन सञ्चालनमा कठिनाई हुने गरेको छ । जसको कारण काँक्रिबाट तक हुँदै हुकाम जाने यात्रुहरु मर्कामा परेका छन् । सोहि सडकहुँदै पुथा उत्तरगंगाबाट जिल्ला सदरमुकाम रुकुमकोट आउने सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका २ का पूर्व वडा अध्यक्ष जीवन केसीले जिल्लाका धेरैजसो ठाउँमा रहेका कच्चि सडकहरु बर्षायाममा बन्द अवस्थामा हुने बताउनुभयो । उहाँले बर्षा सुरुभएसँगै जिल्लाको भूमे गाउँपालिका ५ वाबाङमा आएको पहिरोेले रुकुमकोट – बालुका – देउखोला सडक बन्द भएको बताउनुभयो ।

त्यसैगरी रुकुम पश्चिमको मुसीकोट देखि रुकुम पूर्वको सदरमुकाम बीचको धाउनेमा लगातार पहिरो जाने गरेकोले बाटो बन्द भैरहेको समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी क्युवाङ राङसी जामाबगर र नाखामा खोलिएको ग्रामिण सडक पनि बर्षाको कारण अवरुद्ध रहेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्