Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा आशामार्फत संचालित योजनाको संयुक्त अनुगमन

tribeni2

रुकुम पश्चिम / पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुम मार्फत संचालित बिभिन्न कार्यक्रमहरुको आज शनिबार संयुक्त अनुगमन गरिएको छ । जिल्लाका सरोकारवालाहरुको सहभागितामा त्रिबेणी गाउँपालिकामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।

वडा नम्वर २ सल्लेरीमा स्थापना गरिएको नर्सरी, वडा नम्वर ३ मा रहेको बुरलीखेत सिंचाई आयोजना, वडा नम्वर ५ मा निर्माण गरिएको बाङ्गेलाखुरी खोरेपनेरा मुहान संरक्षण तथा खानेपानी आयोजना, सोहि वडाको मिलिजुली बाख्राखोर सुधार उप आयोजना र वडा नम्वर ७ मा निर्माण सम्पन्न गरिएको रिठ्याङखोला मुहान संरक्षण तथा खानेपानी उप आयोजनाको संयुक्त अनुगमन गरेको हो ।

त्रिवेणी गाउँपालिका ३ मा रहेको बुरलीखेत सिंचाई आयोजना ।

अनुगमनमा रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, जिल्ला समन्वय समिति सदस्य गीता नेपाली, डिभिजन वन कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख महेश कुमाई, कोष नियन्त्रक अशोक राना, शसस्त्र प्रहरी नायव उपरिक्षक प्रेमसिंह धामी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी प्रहरी निरिक्षक राजिव श्रेष्ठ, पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण के सी लगायत आशा आयोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा सहभागिहरुले निर्माण गरिएका आयोजनाहरुको अनुगमनसंगै समुदायका लाभग्राहिसंग छलफल तथा आयोजनाहरुको दिगोपनाका बारेमा समेत छलफल भएको बताईएको छ ।

आशा आयोजनामार्फत संचालन भई सम्पन्न भएका आयोजनाहरुको जिल्ला स्थित सरोकारवालाहरुलाई जानकारी गराउने र भौतिक उपस्थितीमा आयोजनाको अवस्था देखाउने उद्धेश्यले संयुक्त अनुगमनको आयोजना गरिएको आशा आयोजना रुकुमका जिल्ला आयोजना संयोजक खिमराज वलीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्