Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रपति रनिङ शिल्डमा भूमे प्रथम

२०७९ असार १९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको रुकुमकोटमा संचालित जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डमा भुमे गाउँपालिकाले प्रथम स्थान हाँसिल गरेको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यमिक बिद्यालयमा यहि असार १६ गतेबाट संचालन गरिएको रनिङ शिल्डमा भुमे गाउपालिकाले १३ स्वर्णसहित ११ रजत र ७ कास्य जितेर प्रथम स्थान हाँसिल गर्दै शिल्ड हात पारेको हो ।

यस्तै ८ स्वर्णसहित १० रजत र १० कास्य हात पार्दै सिस्ने गाउँपालिका दोस्रो भएको र ५ स्वर्णसहित ५ रजत र ७ कास्य जितेर पुथा उत्तरगङ्गा गाउपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि बहादुर थापाले  जानकारी दिनुभयो ।

असार १६ गतेबाट रुक्मिणी माविमा सञ्चालन गरिएको शिल्डमा गाउँपालिका रुकुम पुर्वका ३ स्थानीय तह भुमे सिस्ने र पुथा उत्तरगङ्गा गाउपालिकाका २/२ वटा समुहले भाग लिएका थिए  । १८ गते शिल्डको समापन गर्ने भनिएता पनि मौसम प्रतिकुलका कारण आज समापन गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

शिल्डमा भलिबल, कबड्डि, छोटो र लामो दुरिका दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो सट्फुट लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।

आजै आइतवार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा भएको शिल्ड समापन कार्यक्रममा सिस्ने गाउपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतीथ्यता रहेको थियो भने सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, निवर्तमान अध्यक्ष कुमारी बराल, सिस्ने गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढा, प्राबिधिक सहायक नरेन्द्र वलि, शिक्षक, विद्यार्थीलगाएत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष गोपाल सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्