Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ढुंगा खसेर सिस्ने ३ को वडा कार्यालयमा क्षति

२०७९ असार २०
tribeni2

रुकुम पूर्व / सोमबार बिहान माथिबाट खसेको ढुंगाको कारण रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति भएको छ ।

कार्यालय भन्दा माथीबाट खसेको ढुंगा कार्यालयमा आउँदा वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ । वडा अध्यक्ष हेराम खड्काले ढुंगाले गेट भत्काएर वडा कार्यालय समेत क्षति गरेको बताउनुभयो । उहाँले माथीबाट आएको ढुंगाले पक्की भवन रहेको कार्यालयको बैठककक्षको दुबै तिरको भित्ता फोडेको जानकारी दिनुभयो ।

ढुंगाले गेट, दुई तिरको भित्ता, वैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ । दुई बर्ष अघि निर्माण गरिएको एक तले वडा कार्यालयका चार वटा कोठा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्