Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनीमा रुकुमका नारायण खड्का दोस्रो

tribeni2

सुर्खेत / कर्णाली प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनी तथा प्रस्तुतीकरण कार्यक्रममा रुकुम पश्चिमले दोस्रो स्थान हात पारेको छ । आइतबार भएको कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्बर ९ का नारायण खड्का दोस्रो हुनुभएको हो ।


असार १ गते रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा भएको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि सिफारिस हुनुभएको थियो । प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनी तथा प्रस्तुतीकरणबाट दोस्रो स्थान हातपारेका खड्का मंगलबार हुने केन्द्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनुहुनेछ ।

 

राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आयोजनामा भएको युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनी तथा प्रस्तुतीकरणमा दैलेखका राजेन्द्र अधिकारी प्रथम, रुकुम पश्चिमका नारायण खड्का दोस्रो र सुर्खेतका प्रकाश खड्काले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्