Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानव अधिकार संजालको संयोजकमा नरबहादुर नेपाली

tribeni2

रुकुम पश्चिम / मानव अधिकार संजाल रुकुम पश्चिमको संयोजकमा नरबहादुर नेपाली चयन हुनुभएको छ । संजालको सोमबार सम्पन्न बैठकले नरबहादुर नेपालीको संयोजकतामा १७ सदस्यीय कार्य समिति चयन गर्दै संजाललाई पुनःगठन गरेको हो ।

नारायण कुमार शाह, दिपा अधिकारी, सुनिता विएम, व्युंझना पुन देवकोटा, लक्ष्मण केसी, निर्मला गिरी,गनेशबहादुर केसी, निशा रावल, प्रविर ददेल, अमरराज पुनले नयाँ कार्य समिति सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छ । यस्तै कार्य समितिको सदस्यमा रचना मल्ल, टेकबहादुर खड्का,बसन्त पुन, गनेश हमाल, पम्फा वि.क र मनिशा केसी पनि रहनुभएको छ ।

यस्तै बैठकले जिल्लामा भएका पिडितको पक्षमा वकालत गर्न र हिंसा पिडितको अवस्थालाई सहजिकरण गर्नको लागी व्युंझना पुन देवकोटाको संयोजकतामा ५ सदस्यीय सिफारिस समेन्त्र  पनि गठन गरेको छ । जसको सदस्यमा दिपा अधिकारी, टेक बहादुर खड्का, बसन्त पुन र सरस्वति कार्की रहनुभएको छ ।

संजालले जिल्लामा हुने मानवअधिकार उल्लघंनका विषयमा वकाल गर्नेछ भने सिफारिस संयन्त्रले हिंसा प्रभावितहरुको पहिचान गरी उनहरुको विषयमा सत्यतथ्य बुझेर आर्थिक समस्यामा रहेका पिडितलाई कानुनी उपचारको लागि आर्थिक सहयोग गर्ने उद्देश्यले अनौपचरिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) समक्ष सिफारिस गर्नेछ साथै प्रभावित व्यक्तिहरुको पक्षमा पैरवी समेत गर्ने सिफारिस संयन्त्रका संयोजक पुनले जानकारी दिनुभयो ।

संजालका पूर्व अध्यक्ष एक्य बहादुर पाण्डेको अध्यक्षता रहेको बैठकको सन्चालन सदस्य सचिव मनिशा केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्