Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा सामाजिक सवालमा पत्रकारिता सम्बन्धी तालिम

२०७९ असार २०
tribeni2

रुकुम पूर्व /  रुकुम पूर्वको रुकुमकोटमा सामाजिक सवालमा पत्रकारिता सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुका लागि लक्षित गरेर सोमबारबाट तालिम सुरु गरिएको हो । तालिममा जिल्लाका तीन वटै स्थानीय तहमा रहेर काम गर्ने २५ जना पत्रकारहरुको सहभागीता रहेको छ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाको समन्वय, युनाईटेड मिशन टु नेपाल रुकुम पूर्व क्लष्टरको सहयोग र मिक नेपाल, एन प्याफको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिमको कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीको सहजिकरणमा रहने छ । 

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्णा रेग्मीको प्रमुख आतिथ्यता र तुलराज सुनुवारको विशेष आतिथ्यतामा भएको उक्त तालिमको उद्घाटन समारोहमा सिस्ने गाउँपालिका उपाध्यष गोपाल रेउले, युनाईटेड मिशन टु नेपालका टोली प्रमुख शिव प्रसाद अधिकारी, कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी, जनजागरण मन्चका अध्यक्ष टेक कुसार पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्