Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

tribeni2

सुर्खेत / कर्णाली प्रदेश सरकारले ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ । चालू आर्थिक वर्षमा लागू गरेको उक्त कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कर्णालीका ७१८ वडामध्ये ६८१ वडाबाट सिफारिस भएका योजना स्वीकृत भएर पठाइसकिएको छ । कार्यालयका योजना अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका अनुसार आगामी आर्थिक वर्षका लागि फागुनमै योजना माग गरिए पनि पाँच स्थानीय तहका ३७ वडाबाट एउटा पनि योजना छनोट गरी पठाइएको छैन ।

छुटेका वडाले साउनभित्र आफूहरूको क्षेत्रमा आयोजना आवश्यक छ भन्ने ठानी योजना पठाएमा स्वीकृत गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आयोजना नपठाएका वडाले साउनसम्म पनि कुनै योजना छनोट गरी नपठाएमा ६८१ वडामा स्वीकृत भएका योजना मात्रै कार्यान्वयमा लैजाने कार्यालयको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्