Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खलंगामा बजार अनुगमन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा बजार अनुगमन गरिएको छ । आज मुसिकोट नगरपालिकाको आयोजनामा खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

खलंगा बजारमा रहेका १७ वटा पसलहरु अनुगमन गरिएको मुसीकोट नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले बताउनुभयो । जसमध्य पाँच वटा किराना तथा खाद्य पसल, तीन वटा मेकप तथा कस्मेटिक पसल, तीन वटा औषधी पसल र ६ वटा मासु पसल अनुगमन गरिएको हो ।

उपप्रमुख पुनका अनुसार अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, करचुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेका छन ।

मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनको नेतृत्वमा गरिएको अनुगमनमा वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानु चन्द, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिमकान्त जैसी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्