Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव

पहिरोकै कारण बत्ति र बाटो अवरुद्ध
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा पहिरोको कारण एक बस्ती नै जोखिममा परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।

सोमबार बेलुका देखि परेको अबिरल वर्षाका कारण पहिरो झरेको स्थानीयले बताएका छन । पहिरोले बस्ती जोखिममा परेको खबर प्राप्त पछि नगर प्रमुख महेन्द्र केसी, वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र रुकुम (पश्चिम)का प्रमुख त्रिलोचन भट्ट, सुरक्षाकर्मी लगायतकोे टोली उक्त बस्तीमा अनुगमन तथा निरिक्षणको लागी पुगेको थियो ।

पहिरोको कारण डाङडुङ्गे बस्तीका ४ घरपरिवार अति जोखिममा परेको र १४ घरपरिवार पनि जोखिममा नै परेकोे मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले जानकारी दिुनभयो ।

यस्तै नगरप्रमुख केसीले सहितको टोली उक्त बस्तीलाई तत्काल स्थान्तरण गर्न सुझाव दिएको पनि बताइएको छ । उक्त पहिरोको कारण बत्ति र बाटो समेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्