Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउन प्रतिबद्धता गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सोमबार बालश्रममुक्त नगरपालिका घोषणाका लागि गरेको छलफलमा यस्तो प्रतिबद्धता गरिएको हो ।

नगरपालिका क्षेत्रमा बालश्रम निशेष गर्नको लागि गरिएको छलफलमा सहभागी जिल्लाका प्रमुख सरोकारवालाहरुले बालश्रममुक्त नगरपालिका बनाउन प्रतिबद्धता जाहेर गरेको मुसीकोट नगरपालिकाका महिला विकास सहायक पाँचौ कमला मल्लले जानकारी दिनुभयो ।

जिल्ला समन्वय उपप्रमुख देव बहादुर बि.क., नगर प्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, नगरपालिका भित्रका १४ वटै वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु, शाखाका कर्मचारीहरु, नगर वाल सञ्जालका पदाधिकारीहरु, होटेल ब्यवसायीहरु, यातायात ब्यवसायीहरु लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणाका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल गरिएको र सबै छलफलहरुले नगरपालिकालाई बालश्रममुक्त गर्न सहज बनाएको मल्लले बताउनुभयो । नगरक्षेत्रमा रहेका केहि बालवालिकाहरु र उनीहरुका अभिभावकमा भएको चेतनाको अभावका कारण अझै पनि बालश्रम हुने क्रम नरोकिएको नगरप्रमुख महेन्द्र केसीले बताउनुभयो । उहाँले त्यस्ता बालवालिका र अभिभावकहरुलाई कर्तब्यबोध गराई उनीहरुको हक अधिकारका बिषयमा आवाज उठाउन सक्ने वातावरण सृजना गर्न बालश्रममुक्त नगरपालिका घोषणा गर्ने उद्देश्य लिईएको जनाउनुुभयो ।

बालश्रममुक्त नगरपालिका बनाउन कार्यपालिका बैठकबाट मुसीकोट नगरपालिका बालश्रममुक्त घोषणा कार्यविधि, २०७९ पास गरिएको गरिएको छ । कार्यविधि अनुसार सुरुमा वडाहरु बालश्रममुक्त गरिनेछ । नगरपालिकाले बालश्रममुक्त नगरपालिका बनाउनको लागि रणनीति बनाएर अघि बढ्ने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्