Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा २१५ जनाले बुझाए निर्वाचन खर्च विवरण

२०७९ असार २२
tribeni2

रुकुम पश्चिम / मत परिणाम सार्वजनिक भएको एक महिना भित्र उम्मेदवारले चुनावी खर्च बुझाउनुपर्ने प्रावधान रहेको छ । तर, गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका रुकुम पश्चिमका धेरैजसो उम्मेदवारले चुनावी खर्च बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा यो समाचार तयार पार्दासम्म २१५ जनाले मात्र चुनावी खर्च बुझाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा जिल्लामा ९०२ जना उम्मेदवारले भाग लिएका थिए । चुनावी खर्च बुझाउने समय सिमा तोकिएता पनि त्यसको वेवास्ता गरिएको जिल्ला निर्वाचन अधिकारी मल्लले उल्लेख गर्नुभयो ।

६ स्थानीय तह रहेको रुकुम पश्चिममा ७३ वडा रहेका छन् । मत परिणाम घोषणा भएको महिना दिन बितिसक्दा पनि अधिकांश उम्मेदवारले निर्वाचन कार्यालयमा चुनावी खर्च विवरण बझाएका छैनन् ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्