Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ कि २२ वर्षिया मिकल सुनारलाई आज सोमबार उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेकी सुनारलाई मृगी रोगको समेत समस्या भएकोले निजलाई हेलिकप्टर मार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अनुरोध गरेर सुनारलाई उपचार लागी प्रदेश अस्पताल सुर्खेत लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्