Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपद् जोखिमको सूचना दिन रुकुम प्रशासनको आग्रह

२०७९ असार २२
tribeni2

रुकुम पूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले मनसुनजन्य विपदको जोखिम भए स्थानीय सरकार वा जिल्ला स्थित सुरक्षा निकायमा खबर गर्न नागरिकलाई अपिल गरेको छ ।

वर्षायामका कारणले जिल्लाका सार्वजनिक क्षेत्र, गाउँबस्ती, राजमार्ग तथा सडक जोखिम भएमा स्थानीय सरकार र सुरक्षा निकायमा खबर गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सबैमा अपिल गरेको हो । आज बुधबार सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले एक सूचना मार्फत जिल्लाबासीलाई मनसुनजन्य विपदबाट बच्ने उपाय अपनाउन अनुरोध गर्नुभएको हो ।

वर्षाका कारणले विपदजन्य घटनाबाट बच्नका लागि विपदको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन जिल्लाबासीलाई अनुरोध गरिएको छ । मनसुनजन्य विपदबाट हुन सक्ने बाढी, पहिरो, डुबान, कटानका कारण कुनै घटना तथा जोखिम भए सम्बन्धित स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलाई फोनमार्फत जानकारी गराउन जिल्लाबासीलाई अपिल गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्