Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वास्थ्य कार्यालयका गतिविधिहरु बारे अन्तरक्रिया

tribeni2

रुकुम पश्चिम / जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बर्षभरिमा स्वास्थ्य कार्यालयले गरेका काम, कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुको अवस्था, खोप, पोषण कार्यक्रम, नवजात शिशु तथा बाल स्याहार कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, कोभिडको अवस्था लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले यसै चालु आर्थिक वर्षमा जिल्लालाई खोप सुनिश्चित जिल्ला घोषणा गरिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले कर्णाली प्रदेशमै जिल्ला स्वास्थ्य कार्यालय रुकुमको प्रगति अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले कार्यालयले अधिकांश कार्यक्रमहरुमा लक्ष्य प्राप्ती गरेको समेत जानकारी दिनुभयो ।

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले स्वास्थ्य सचेतनाका कार्यक्रममा संचार क्षेत्र र स्वास्थ्य क्षेत्र निकटम भएर कार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारहरुले स्वास्थ्य गतिबिधिहरुलाई मिडियाले प्राथमिकता दिएर अघि बढेको समेत जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन खोप अधिकृत कृष्णा खड्काले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल सल्लेका डाक्टर जनक केसी लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्