Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मौसम

देशैभर बर्षाः सोमबारसम्म सुधार नआउने

काठमाडौं २३ चैत ।
tribeni2

मौसममा बदली भएर आज देशैभर मेघगर्जनसहित पानी परेको छ । पछिल्लो २४ घण्टामा ताप्लेजुंगमा सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार ताप्लेजुंगमा ३१ मिलिमिटर पानी परेको छ ।

यस्तै धनकुटामा २९ मिलिमिटर, काठमाडौंमा १२ दशमलव ५, ओखलढुंगामा १२ दशमलव ९, सुर्खेतको विरेन्द्रनगरमा ७ दशमलव ४ मिलिमिटर पानी परेको छ । देशको मध्य, पुर्व र पश्चिमी क्षेत्रमा हावाहुरी मेघगर्जन र चट्याङसहित पानी परेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।

आज रातभर पनि पश्चिमी पहाडी भुभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरकै मौसम बदली भएर पानी परेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

भोली दिउँसो पनि देशका अधिकांस भागमा आंशिक देखी सामान्य बदली रही बर्षा हुने मौसमविद् अर्यालले जानकारी दिए ।

भोली दिउँसो पश्चिमी क्षेत्रमा घामपानी पर्ने अनुमान छ । पर्सिसम्म पनि मौसममा पुर्ण सुधार नआउने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  २२:०४
प्रतिक्रिया दिनुहोस्