Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा धेरै

पत्रकारहरुलाई अदालती शब्द प्रयोगबारे जानकारी
२०७९ असार २३
tribeni2

रुकुम पश्चिम / चालु आर्थिक बर्षमा रुकुम पश्चिममा सम्बन्ध बिच्छेदका मुद्धाहरु धेरै मात्रामा आएको बताईएको छ । रुकुम जिल्ला अदालतले आर्थिक वर्ष ०७/०७९ को असार २३ गते सम्म अदालतमा देवानी प्रकृतिका मुद्धा धेरै आएको र त्यस मध्य सम्बन्ध बिच्छेदका मुद्धा बढी मात्रामा आएको जानकारी दिएको छ ।

रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले यस बर्ष अदालतको लगतमा आएका ६३८ मुद्धा मध्य ४५१ वटा मुद्धा देवानी मुद्धा रहेको बताउनुभयो । त्यसमध्ये बढी मात्रामा सम्बन्ध बिच्छेदका मुद्धा रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । अदालतमा जिल्लाका पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा श्रेष्तेदार बोहराले यस वर्ष ४०३ वटा मुद्धा रुकुम अदालतबाट फछ्र्यौट भएको जानकारी दिनुभयो । ३०९ वटा देवानी र ९४ वटा फौजदारी मुद्धा फैसला भएका हुन् ।

रुकुम जिल्ला अदालतमा जम्मा रहेका ६३८ वटा मुद्धा मध्य ३०४ वटा मुद्धा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्षबाट लगत सरिआएमा मुद्धा मध्य १९२ वटा देवानी र ११२ वटा फौजदारी मुद्धा रहेका छन् । यस वर्ष भने अदालतमा २५९ देवानी र ७५ वटा फौजदारी मुद्धा दर्ता भएको श्रेष्तेदार बोहराले उल्लेख गर्नुभयो ।

यसरी जम्मा भएका ६३८ वटा मुद्धा मध्य ४५१ वटा देवानि र १८७ वटा फौजदारी मुद्धा रहेका छन् । अदालतको लगतमा आएका मध्य २३५ मुद्धा फट्र्यौट हुन बाँकि रहेको बताईएको छ । बाँकि रहेका मुद्धा मध्य १४२ वटा देवानी र ९३ वटा फौजदारी मुदा रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा श्रेष्तेदार बोहराले पत्रकारहरुले रिपोर्टिङको क्रममा प्रयोग गर्नुपर्ने अदालती शब्दहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो ।

पत्रकार महासंघ रुकुम शाखाको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रममा महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले सबै पत्रकारहरु अदालती भाषा तथा शब्दहरुमा अभ्यस्त नहुने उक्त कार्यक्रम गरिएकाे र फलदायी समेत भएको बताउनुभयो । उहाँले अदालती भाषाहरुको प्रयोगको सन्दर्भ कहिलेकाँहि नमिलेको, कन्फ्युजन हुने खालको भएकोले जिल्ला अदालतसँग समन्वय गरेर कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्