Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको शारदा नदिमा एक पुरुषको शव भेटियो

tribeni2

सल्यानमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शारदा नगरपालिका ६ का ५० वर्षिय डोल बहादुर भण्डारी शारदा नदिमा मृत अवस्थामा फेला गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहिबार भण्डारी र छत्रेश्वरी नगरपालिका ६ का ४० वर्षिय किरण भनिने कृष्ण बहादुर पुन माछा मार्न गएका थिए ।

शुक्रबार विहान स्थानीयले डोल बहादुरको शव शारदा नदिमा रहेका खवर गरेपछि इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी घटनास्थल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्