Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा बालिका बलात्कारको आरोपमा दुई जाजरकोटी पक्राउ

tribeni2

सल्यान /सल्यानमा बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुइ युवा पक्राउ परेका छन् ।

१४ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटको भेरी नगरपालिका १२ का २२ वर्षिय रमेश भण्डारी र सोही ठाउँका १९ वर्षिय डिल्ली बस्नेतलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको कुमाख गाउँपालिका १ शान्तीबजार स्थित आफन्तको घरमा बालिकालाई नचिनेका २ जना व्यक्तीहरुआएर जवरजस्ती करणाी गरेर फरार रहेको भन्दै पिडीतका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय जाजरकोटसंगको समन्वयमा भण्डारी र बस्नेतलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अभियुक्तहरु उपर जबरजस्ती करणी मुद्धामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्