Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शनिबार र आईतबार बैंक खुला रहने

tribeni2

काठमाडौं / महालेखा नियन्त्रक कार्यालयले आज शनिबार र भोली आईतबारको दिन बैंकिङ कार्यालय खुला राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । आज शनिबार र भोली आईतबार सार्वजनिक बिदा भएतापनि बैंकिङ कार्यालय सञ्चालन गर्न महालेखा कार्यालयले अनुरोध गरेको हो ।

आज २५ गते राती १२ बजे देखि आर्थिक वर्ष ०७८,०७९ को बार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरु बन्द हुने र २६ गते सार्वजनिक बिदा भएको कारण नेपाल क्लियरिङ हाउस, सरकारी कारोबार गर्ने बैंक तथा बित्तिय सस्था र नेपाल बैंक बन्द हुने हुँदा सरकारी कारोबारको EFT, चेक क्लियरिङ तथा चेक सटहीमा असर पर्ने भएकोले कार्यालय खुला राख्न अनुरोध गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

EFT, चेक क्लियरिङ तथा चेक सटही समयमै व्यवस्थापन गर्नको लागि २५ र २६ गते सार्वजनिक बिदाको दिनमा समेत नेपाल क्लियरिङ हाउस, सरकारी कारोबार गर्ने बैंक तथा बित्तिय सस्था र नेपाल बैंकको कार्यालय सञ्चालन गर्न महालेखाले अनुरोध गरेको हो ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्