Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा बालश्रमको अवस्था बारे अनुगमन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बालश्रमको अवस्था बारे अनुगमन गरेको छ । आइतबार नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बालश्रम अनुगमन तथा न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

मुसिकोटका ८९ वटा पसलहरुको अनुगमन गरिएको छ । जसमध्ये सल्लेमा रहेका १० , पातुखोलामा रहेका १५, खलंगा बजारमा रहेका २२ र सोलाबांमा रहेका ३२ वटा विभिन्न पसल, होटेल र ग्यारेजहरुको अनुगमन गरिएको मुसीकोट नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले बताउनुभयो । यी स्थानहरुमा अवस्थित पसलहरुमा मध्य ३ वटा पसलमा ३ जना बालबालिकाले काम गरिरहेको फेला परेको पनि उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख पुनका अनुसार पसलमा काम लगाइएका बालबालिकाको विषयमा सवै जानकारी नगरपालिकाले लिएको छ । काम लगाउनेहरुलाई कारबाहीको लागी नगरपालिका प्रक्रियामा जाने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भावना शाहले बताउनुभयो ।संरक्षण विहिन तथा जोखिममा परेका बालबालिकाहरुलाई यस शाखाले सहयोग गर्ने पनि शाहले बताउनुभयो ।

मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनको नेतृत्वमा गरिएको अनुगमन तथा न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारीहरु, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्