Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असार ३१ गते रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

tribeni2

रुकुम पश्चिम जिल्लालाई असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिने भएको छ । आज आईतबार मुसिकोटमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार ३१ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप अधिकृत कृष्णा खड्काले असार २७ गतेसम्म जिल्लाका सबै स्थानीय तहहरु पूर्ण खोप सुनिश्चित घोषणा भैसक्ने र प्रदेश स्वास्थ्य निर्देशनालयबाट जिल्ला अनुगमन समेत भैसकेकोले जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने निर्णय भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर बिकको अध्यक्षतामा बसेको बैठकले असार ३१ मा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि प्रदेश खोप समन्वय समितिको अनुमति माग गर्ने निर्णय गरेको छ ।

बैठकले ३१ गते सदरमुकामस्थित बाल मन्दिरमा भव्य कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । घोषणाको लागि स्वास्थ्य सेवा कार्यालयले आवश्यक प्रचार प्रसार गरेर सम्बन्धित निकायको समन्वयमा तयारी कार्यलाई तिब्र बनाउने समेत निर्णय भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले जानकारी दिनुभयो ।

शनिबार जिल्लाको त्रिवेणी गाउँपालिकालाई र आईतबार आठबिसकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भोलि सोमबार जिल्लाको चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितको तयारी रहेको बताईएको छ । मुसिकोट नगरपालिकालाई भने यस अघि नै घोषणा गरिसकिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्