Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीमा पानी बाेक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चौरजहारी नगरपालिका ७ निवासी २३ बर्षिय मोहन जैसीको ज्यान गएको हो । आईतबार दिउँसो चौरजहारी नगरपालिका ७ मेलैनाउलीबाट सडक निर्माणमा प्रयोग गर्ने पानी बोकेर चौरजहारी ३ तर्फ आउँदै गरेको भे २ च ६९४ नम्बरको ट्यांकर ३ नम्बर वडाको विजयश्वरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

ट्यांकर चालक समेत रहनुभएका जैसीको चौरजहारी अस्पतालमा उपचार पछि थप उपचारको लागि नेपालगज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताईएको छ । पानी बोकेर ओरालो सडकबाट जाने क्रममा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्