Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोजगारीको लागि साउदी अरव पुगेका रुकुमका एक युवाको मृत्यु

tribeni2

रुकुम पश्चिम / रोजगारीका क्रममा साउदी अरवमा रहेका एक रुकुमका युवकको मृत्यु भएको छ । आइतबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ सर्केनाका अन्दाजी ३० बर्षीय दिलबहादुर खड्काको मृत्यु भएको हो ।

खड्का सँगै रहेर काम गरेका चौरजहारी १४ घर भएका प्रेम पुन मगरका अनुसार आईतबार बिहान सुतेकै कोठामा उहाँको शव भेटिएको हो । हृदयघातको कारण मृत्यु भएको हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

जानकारी अनुसार कम्पनी बदलेर अर्को कम्पनीमा खड्काले काम गर्दै आईरहनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्