Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी कार्यपालिका बैठकका नौ निर्णय

tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरकार्यपालिकाको चौथौ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

आईतबार नगर प्रमुख पुष्प बादीको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रभावित परिवारलाई राहत वितरण गर्ने, नगरपालिकाबाट सञ्चालित बिभिन्न ठेक्काहरुको तीन महिना म्याद थप गर्ने र सहिद स्मृति नगर अस्पताल व्यवस्थापन तथा सञ्चालनको लागि सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक केहि कर्मचारीहरुको पदपूर्ति, यस अघि करारमा रहेका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कार्यपालिका बैठकले भोलि सोमबारका दिन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने, केहि शिर्षक रकमान्तर भएका योजनाको निर्णय अनुमोदन गर्ने, कार्यालयमा रहेका तिन, पलामका टुक्रा लगायतका जिर्ण सामाग्रीहरु लिलाम गर्ने र चौरजहारी १, २ र ३ नम्वरमा रहेको टार सिचाईको कुलो सञ्चालनमा ल्याउने निर्णय भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्