Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भाउजुलाई खुकुरी हान्ने देवर प्रहरी खोरमा

tribeni2

रुकुम पश्चिम / जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ बर्षिय देउकुमार खड्काले ३७ बर्षिय आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई कुखुरी प्रहार गरेका हुन् ।

सहोदर भाउजु माथी खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक बिष्णु प्रसाद सोतीले आईतबार राती जग्गा अंशबण्डाको बिषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेको बताउनुभयो ।

खुकुरी प्रहारबाट दिलसरा घाईते हुनुभएको छ भने देउकुमारलाई प्रहरी पक्राउ गरेको छ । घाईते दिलसराको अवस्था गम्भिर भएपछि थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।

उहाँको टाउको र हातमा गहिरो चोट लागेको प्रहरी नायव उपरीक्षक सोतीले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने खड्कामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्