Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनसंख्या दिवसको अवसरमा वक्तृत्वकला

२८ असार २०७९
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा विश्व जनसंख्या दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्वको आयोजना तथा युएन एफ पिए, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र स्वास्थ्य कार्यालय रुकुम पुर्वको आर्थिक सहयोगमा उक्त प्रतियोगिता संचालन गरिएको हो ।

किशोरावस्थामा यौन शिक्षाको महत्व शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सिस्ने शिक्षा क्याम्पसमा अध्ययनरत ८ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बिएड प्रथम वर्ष मा अध्ययनरत चोभा पुन प्रथम, दोस्रो वर्षमा अध्ययनरत सङिता बि क द्दितिय, तेस्रो वर्षमा अध्ययनरत जमुना गौतम तृतीय र चौथो वर्ष मा अध्ययनरत मिना जैसीले सान्त्वना स्थान हासिल गरेको क्याम्पस प्रमुख तिब्र गौतमले जानकारी दिनुभयो ।


यस्तै सोमबार नै शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश तथा सिस्ने शिक्षा क्याम्पसको सहयोगमा संचालित विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम अन्तर्गत क्याम्पसमा अध्ययनरत दलित महिला, विपन्न, तथा जनजाती विद्यार्थीहरुलाई ५र५ हजार छात्रवृत्ति प्रदान गरिएको पनि क्याम्पस प्रमुख गौतमले बताउनु भयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बुढाथोकीको अध्यक्षता र पन्च बहादुर के सिको संचालनमा रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख मोहन बहादुर के सि को प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको बिशेष आतिथ्यता रहेको थियो भने सिस्ने गाउपालिका उपाध्यक्ष गोपाल रेउले, युएन एफ पिए का भुवन सेजुवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्