Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका सवै पालिका पूर्ण खोप सुनिश्चित घोषणा

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका सवै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाका सवै स्थानीय तहहरुमा १६ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने खोपको सबै मात्रा पाएपछि ६ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
यहि असार २५ गते त्रिवेणी गाउँपालिका र २६ गते आठबिसकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका खोप अधिकृत कृष्णा खड्का अनुसार २७ गते चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकालाई भने २०७६ साल जेठ २६ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको खोप अधिकृत खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार १६ देखि २३ महिनाको उमेर समुहका बालबालिकाहरुले सम्पूर्ण खोप लगाएको र छुटेकाले खोप लगाउने सुनिश्चित भएपछि पूर्ण खोप घोषणा गरिएको हो ।

आठबिसकोट नगरपालिकामा रहेका ६५२ जना, त्रिवेणी गाउँपालिकामा ३५८ जना, बाँफिकोट गाउँपालिकाका ३३९ जना, सानीभेरी गाउँपालिकाका ३९१ र चौरजहारी नगरपालिकाका ३१४ बालबालिकाले सबै प्रकारका खोपको पूर्ण मात्रा लगाएको खोप अधिकृत खड्काले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि असार ३१ गते जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिने तयारी गरिएको छ । जिल्ला खोप समन्वय समितिले यसै वर्षमा जिल्लालाई खोप सुनिश्चित जिल्ला घोषणा गर्नलाई सबै प्रक्रिया पुरा गरेर प्रदेश खोप समन्वय समितिमा अनुमति माग गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्