Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

११ औँ गाउँसभाबाट सिस्ने गाउँपालिकाको बजेट पास

२९ असार २०७९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्व सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पास गरेको छ ।

गाउँपालिकामा मंगलबार बसेको ११ औ गाउँसभाले ५७ करोड १२ लाख ४० हजार चार सय ६० रुपैयाको बजेट सर्वसहमतले पास गरेको हो । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले असार ९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्तर्गत उपाध्यक्ष गोपाल रेउलेले गत असार १० गते उक्त बजेट सार्वजनिक गर्नुभएको थियो ।

चालुतर्फ ३६ करोड ३६ लाख ७ हजार ८ सय ५७ रुपैयाँ र पूँजीगततर्फ २० करोड ४० लाख ३२ हजार ६ सय ३ रुपैयाँ बराबरको बजेट उपाध्यक्ष रेउलेले असार १० गते गाउँसभामा पेस गर्नुभएको थियो ।

जसमध्ये शिक्षामा २१ करोड ५६ लाख ८० हजार, स्वास्थ्यमा ४ करोड १५ लाख ६६ हजार, खानेपानी तथा सरसफाईमा ४ करोड ७४ लाख ७५ हजार बजेट विनियोजन गरिएको थियो ।

यस्तै पर्यटनमा ३ करोड १४ लाख, सूचना सञ्चारमा ५९ लाख ५० हजार, सडक तथा पुलमा ३ करोड २३ लाख ९२ हजार ६ सय ७ रुपैया, भवन निमार्णमा २ करोड २३ लाख र खेलकुद तथा मनोरञ्जनमा ९४ लाख बजेट विनियोजन गर्दा लैंगिक समानता तथा सामाजिक समावेशिकरणमा एक करोड १६ लाख ५ हजार, विपद व्यवस्थापनमा ५२ लाख रुपैयाँ र लघु उद्यममा ३४ लाख ४० हजार बजेट बिनियोजन गरिएको थियो । बाकी बजेट विविध खर्चका लागि राखिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्