सोसल मिडिया
सुर्खेत / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६२.३७ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार बजेट विनियोजन गरेको थियो ।
जसमध्ये असार २५ गतेसम्ममा २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिनुभयो ।