Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तलब पाएपछि रुकुममा पत्रकारहरुको आन्दोलन फिर्ता

tribeni2

रुकुम पश्चिम / कार्यरत रेडियोबाट तलब नपाएपछि चरणबद्ध आन्दोलन गर्दै आएका रुकुम पश्चिमका पत्रकारहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

रुकुम पश्चिमको आठबिसकोटमा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत ६ जना पत्रकार र तथा कर्मचारीहरुले लामो समयसम्म काम गरेको पारिश्रमिक नपाएपछि रेडियो सञ्चालन समिति बिरुद्ध आन्दोलनका कार्यक्रम हुदै आएका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघको समन्वयमा रेडियो सञ्चालक समितिले तलब उपलब्ध गराएपछि आन्दोलन फिर्ता गरिएको पत्रकार सत्य बटालाले जानकारी दिनुभयो । उहाँले रेडियोमा कार्यरत ६ जना पत्रकारहरु र रेडियो सञ्चालक समितिका अध्यक्ष मानबहादुर चनारा बिच छलफल भएर तलब उपलब्ध गराईएपछि आन्दोलन फिर्ता गरिएको बताउनुभयो ।

पीडित पत्रकारहरु हिरा परियार, सत्य बहादुर बटाला, प्रकाश गौतम, सुनिल बिक, सीता शाही, कल्पना बिकले २०७५ साउन महिना देखि २०७८ असार सम्मको तलब नपाएपछि तलब उपलब्ध गराईदिन पत्रकार महासंघ रुकुम शाखामा निवेदन समेत दिएका थिए । महासंघका अध्यक्ष लक्ष्मण केसीका अनुसार दुबै पक्ष बिच पटक पटक छलफल गरिएको, गत बर्ष र यस पटक पत्रकारहरुको पारिश्रमिक उपलब्ध हुँदा पीडित पत्रकारका तर्फबाट हुँदै आएका बिरोधका कार्यक्रम फिर्ता भएका छन् ।

अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ, रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरु बीच भएको छलफल पश्चात पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराईएको र पत्रकारहरुको तर्फबाट भईरहेका बिरोधका कार्यक्रम फिर्ता लिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष केसीले पत्रकारहरुको पारिश्रमिक दिलाउने अभियानमा सहयोग, समर्थन, शुभेच्छा व्यक्त गर्ने विभिन्न निकाय, आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाएर सहयोग गर्ने पेशागत संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संगठन लगायत जिल्लास्थित संचारकर्मीहरुलाई महासंघको तर्फबाट धन्यबाद व्यक्त गर्दै एक बिज्ञप्ति समेत जारी गर्नुभएको छ ।

उहाँले आगामी दिनहरुमा यस खालका आन्दोलन गर्नुनपरोस् भन्ने हाम्रो कामना रहेको उल्लेख गर्दै पत्रकारहरुको श्रमको सम्मान सहित पूर्ण प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको लागि जोडदार माग गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्