Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेलाई पूर्ण खोप दिगोपना घोषणा

२०७९ असार २९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका दिगोपना घोषणा गरिएको छ ।

'पूर्ण खोप सुनिश्चितता भूमे गाउँपालिकको शान, पूर्ण खोप दिगोपना निरन्तर अभियान' भन्ने नारासहित गाउँपालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको हो । गाउँपालिका भित्रका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि गाउँपालिकालाई बुधबार एक कार्यक्रमका बिच पूर्ण खोप दिगोपना घोषणा गरिएको हो ।

१६ देखि २३ महिना सम्मका तीन सय ११ जना बालबालिकाले नियमित १२ प्रकारका खोप पाएपछि गाउँपालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गत वर्ष सबै बालबालिकाले नियमित खोप पाएपछि भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको थियो । भने यस वर्ष प्रत्येक घरमा पुगि बालबालिकाले खोप हालसम्म नियमित पाइरहेका छन्, छैनन् भनेर सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणको गर्ने क्रममा सबैले नियमित खोप पाइरहेको अवस्था भेटिएपछि पालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्