Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्ले अस्पतालमा मल्टि चार्जर हस्तान्तरण

tribeni2

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा नेपाल टेलिकमले मल्टि चार्जरको व्यवस्था गरेको छ । नेपाल टेलिकमको रुकुम पश्चिम स्थित कार्यालयले अस्पताललाई बुधबार मल्टि चार्जर उपलब्ध गराएको हो ।

बिरामी र बिरामीका कुरुवाहरुको सहजताको लागि मल्टि चार्जर हस्तान्तरण गरिएको नेपाल टेलिकम रुकुम पश्चिमका कार्यालय प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो ।

अस्पतालमा आउँदा मोबाईल फोनको लागि चार्जरको समस्या हुने र सम्पर्क तथा समन्वयमा समस्या हुने गरेको गुनासो पश्चात टेलिकम कार्यालयको तर्फबाट मल्टि चार्जर उपलब्ध गराईएको शर्माले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयमै पुगेर निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीलाई मल्टि चार्जर हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्