Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा करार कर्मचारीले ठोके गाउँपालिकामा ताला

tribeni2

जाजरकोट / करार सेवा अवधि थप नभएपछि जाजरकोटको एक गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरुले गाउापालिकामा तालाबन्दी गरेका छन् ।

जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको बताउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल नियुक्ति दिनुपर्ने र करार सम्झौताले निरन्तरता पाउनुपर्ने उनीहरुको माग छ । करार कर्मचारीको म्याद थप नगर्दासम्म गाउँपालिकाको कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन् ।

आज बिहानैदेखि करार कर्मचारीहरुले केहि स्थानीयहरु सहित गाउँपालिकाको कार्यालयमा धर्ना र सडक जाम गरेर गाडी आवतजावतमा समेत रोक लगाएका छन् । गाउँपालिकाको असार २८ गतेको गाउँ सभा वैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

तालाबन्दी पछि गाउँपालिकाको सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्