Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रचण्ड भोली भारततर्फ

tribeni2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने हुनुभएको छ । सत्तारुढ भारतीय जनता पार्टी

(भाजपा) को निमन्त्रणमा उहाँ भोलि नयाँ दिल्ली जान लाग्नुभएको हो ।

भाजपाले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड भारत जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेर उहाँ आइतबार स्वदेश फर्कने कार्यक्रम छ । यतिबेला प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ आरजू राणा पनि भारतमै हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्