Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बन्दैनन् योजना गतिला, उस्तै छन् दुर्गमका पीडा

tribeni2

रुकुम पश्चिम / गाउँ गाउँका सरकार आउँछ, सडक बन्छ, गाडि चल्छन्, आँगनमै स्वास्थ्य र शिक्षाका सुविधाहरु पाईन्छ, घर घरमा रोजगारीको अवसर हुन्छ भन्ने लागेको थियो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ ज्यामिरकोट गाउँका सर्वसाधारणलाई । बनेका स्थानीय सरकारले जनताको दुख देख्छन् र दुर गर्छन भन्ने पनि लागेको थियो । तर, अहिलेसम्म सडक पुगेको छैन गाउँमा । गुणस्तरिय शिक्षा, रोजगारसँगै अन्य विकास त परको कुरा डोजरे विकास पनि प्राथमिकता परेन यस गाउँमा ।

जसको गतिलो उदाहरण यहि तस्बिरले उजागर गर्छ । स्थानीय युवा सुनिल कुमार मल्लको बुझाईमा सर्वसाधारणका माग स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेपछि दुख उस्तै छन् । आएका सानातिना अवसर नेताकै आसेपासेलाई रिझाउन ठिक्क भएपछि यहाँका जनताले बेलैमा उपचारसम्म पाउन सकेका छैनन् ।

सरकारी सुविधा र योजना निजि जस्तै बनेका छन् । न बाटो छ न त पीउने पानीको सुविधा । बिद्युत, गुणस्तरिय तथा प्राविधिक शिक्षा, अवसरको बाँडफाँड त आकाशको फल जस्तै भएको छ ।
सर्वसाधारण बिरामी भएमा न नजिकमा अस्पताल छ न त एम्बुलेन्स दौडाउने सडक । डोकोमा बोकेर करिब १० किलोमिटर परको नगर अस्पताल लैजानुपर्ने बाध्यता ज्युका त्युँ छ ।

वडाको लागि भनेर आउने योजनाहरु बाठाटाठाहरुले ठेक्काको नाममा हिनामिना नपारिदिएमा, मिलोमतोमा चुर्लुम्म नपारिदिएमा केहि हदसम्मका योजना गाउँमा पुग्थे की ?

तस्बिर सौजन्य : सुनिल कुमार मल्ल

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्