Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार घाईते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाईते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा बिहिबार दिउँसो साढे तीन बजे चट्याङ लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर गोपालको ३२ बर्षीया श्रीमती खिमला केसी, १२ बर्षीय छोरा लक्ष्मण केसी, ६ बर्षीया छोरी पुजामाया केसी र २ बर्षिय छोरा टेक बिक्रम केसी घाईते भएका छन् ।

घाईतेहरु चारै जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्