Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिहान दुध बेच्न गएका एक पुरुष मुसिकोट १२ मा मृत भेटिए

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा एक पुरुषको शव फेला परेको छ ।

सोहि ठाउँका ५८ बर्षिय लिलबहादुर कामीको शव जमारुमा फेला परेको प्रहरीले जनाएको छ । बिहिबार बेलुका कामीको शव देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बिहाबार बेलुका नै लिलबहादुरको शव जिल्ला अस्पताल ल्याइएको बताउनुभयो । उहाँले बिहान दुध बेच्न घरबाट हिनेका लिलबहादुरको शव जमारु गाउँको सडक छेउमा फेला परेको उल्लेख गर्नुभयो ।

आज शवको पोर्टमार्टम हुने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्