Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमा सहित तीन जनाको मृत्यू

tribeni2

जुम्ला / जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । गए राती जुम्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमा सहित तीन जनाको मृत्यू भएको हो ।

हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतका श्रीमति ३० वर्षीया विमला रावत, नौ बर्षीय छोरा भरत रावत र आठ बर्षीय छोरा सूर्य रावत रहेको प्रहरीले जनाएको छ ।

गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आई घटना भएको बताईएको छ । प्रहरीलाई मध्यरात दुईबजे खबर आएपछि त्यहाँ पुगेर उद्धार गरिएपनि पुरिएकाहरुको खोजी अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

गाउँमा विद्युत कटौति भएसँगै गोरखबहादुर पावर हाउस पुगेपछि पहिरो गएको पत्ता लागेको थियो । प्रहरीका अनुसार मध्यरातदेखि प्रहरी घटना स्थलमा पुगेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्