Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पश्चिम देशको ६७ औं र कर्णाली प्रदेशको चौंथो जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार जिल्ला खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमका बिच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लाका सवै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिए लगत्तै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

१६ देखि २३ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोपको सबै मात्रा पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप अधिकृत कृष्णा खड्काले बताउनुभयो ।

खोप अधिकृत खड्काका अनुसार रुकुम पश्चिम देशको ६७ औं र कर्णाली प्रदेशको चौंथो जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देव बहादुर विकको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीकोको सन्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधिहरु लगाउत जिल्ला स्थित कार्यालय प्रमखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्