Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मूलबाटो मिडियालाई सम्मान

tribeni2

रुकुम पश्चिम / मूलबाटो मिडिया प्रा.लि.लाई सम्मान गरिएको छ । शुक्रबार जिल्ला खोप समन्वय समिति रुकुम पश्चिमले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा समारोहमा मूलबाटो मिडिया प्रा.लि.लाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरेको हो ।

जिल्लालाई पूर्ण खोप घोषणा तथा सुनिश्चतता गर्ने अभियानमा मूलबाटो मिडिया प्रा.लि.ले पुर्याएको योगदानको कदर गर्दै प्रशसां पत्र प्रदान गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला खोप समन्वय समितिका अध्यक्ष देव बहादुर बिक, जिल्ला खोप समन्वय समिति रुकुम पश्चिमका सदस्य सचिव विष्णुबहादुर बुढाथोकी लगायतले मूलबाटो मिडिया प्रा.लि.का भावना शर्मालाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

मूलबाटो मिडियासँगै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा समारोहमा नेपाल पत्रकार महासंघ रुकुम, जिल्लाबाट प्रकाशन हुने पत्रिकाहरु, जिल्लामा संचालित बिभिन्न रेडियो तथा एफएमहरु र अनलाईन समाचार सस्थाहरुलाई सम्मान गरिएको हो ।

शुक्रबार रुकुम पश्चिमलाई देशको ६७ औ र कर्णालीको चौथो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्