रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

२०७९ असार ३२

रुकुम पूर्व / रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 'स्थानीय श्रोतको स्वमित्व र सहभागिता, पूर्ण खोपको सुनिश्चितता हाम्रो हाम्रो प्रतिबद्धता' भन्ने नारासहित जिल्ला लाई पूर्ण खोप दिगोपना घोषणा गरिएको हो ।

जिल्ला का ३ स्थानीय तह सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका भित्रका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि रुकुम पूर्वलाई आज एक कार्यक्रमका बिच पूर्ण खोप दिगोपना घोषणा गरिएको हो । १६ देखि २३ महिना सम्मका एक हजार २२० बालबालिकाले नियमित प्रकारका खोप पाएपछि जिल्लालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको छ ।

२०७८ असोज १३ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको रुकुम पूर्वलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्लाका सबै बालबालीकाले नियमित खोप लगाएका छन् कि छैनन् भनेर स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न ठाउँहरुमा सर्वेक्षण समेत गरेको थियो । सर्वेक्षणका क्रममा सबै बालबालिकाले पाउनु पर्ने नियमित खोप पाएका पाईएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षता रहेको पूर्णखोप दिगोपना कार्यक्रममा लुम्बिनी प्रदेश सभासद तेज बहादुर वलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहोन बहादुर के सी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपलिका अध्यक्ष पुणीराज घर्तीको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्