भूमेले गर्यो अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई

२०७९ असार ३२

रुकुम पूर्व / रुकुम पुर्वको भुमे गाउँपालिका मा आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । आज गाउँपालिकाको कार्यालय खाबाङ बगरमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

सुनुवाइको सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह श्रेष्ठ ले गाँउपालिकाले चौमासिक अवधिभर गरेका विभिन्न गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै प्रशासकीय अधिकृत प्रेम भट्टराईले विभिन्न शाखाहरुले गरेका काम तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने सहायक पाँचौ चेतन बुढाले गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुलाई विभिन्न प्रश्नहरुमा गरिएको सर्वेक्षण गरिएकोमा त्यसबाट प्राप्त उपलब्धिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सर्वेक्षणका क्रममा सोधिएका विभिन्न प्रश्नहरुमा नागरिकको जवाफ सकारात्मक पाइएको छ । न्यून मात्रामा भेटिएका नागरिकका असन्तुष्टिहरुलाई पहिचान गरि त्यसको समाधान खोजिने गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो ।

सार्वजनिक सुनुवाइका क्रममा नागरिकले कृषि, स्वास्थ्य, शिक्षा, सडक पुर्वाधार सम्बन्धी गुनासोहरु राखेका थिए । आएका गुनासोहरुको जवाफ अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादव, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कौशल कुमार तिवारी, पुर्वाधार शाखा प्रमुख अनुपमा श्रेष्ठ लगाएत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले दिनु भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार उर्मिला गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्