Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकै घरका दुई बालबालिकाको ट्याङ्कीमा डुबेर मृत्यु

tribeni2

दैलेख / दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको ज्यान गएको बताउनुभयो ।

स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्